सिग्देलकी आफ्नै श्रीमती अनिता जसले विदेशबाट फर्किए लगत्तै हत्या गरी शब टुक्रयाएर फ्याकिन्

सिग्देलकी आफ्नै श्रीमती अनिता जसले विदेशबाट फर्किए लगत्तै हत्या गरी शब टुक्रयाएर फ्याकिन्

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

सुनसरी, फाल्गुन ११ गते । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो । टुक्रा टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो । शव पहिचान गर्ने क्रममा बाझो–१ घर भई हाल बिराटनगर महानगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको हो । शवको पहिचान भएसंगै घटनामा संग्लग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतककै श्रीमती ३० बर्षीया अनिता के.सी. र बिराटनगर महानगरपालिका–४ का २९ बर्षीय सरोज भण्डारी रहेका छन् ।
बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई श्रीमतीको योजनामा पौष २२ गते साँझ साँढे ५ बजेको समयमा सिग्देलकै घर कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको छ । दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरी समेतको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको हो ।
यसरी श्रीमतीकै मिलेमतोमा हत्या भएको खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी