एमसीसीः देउवा ओली मिलेर पास गर्ने कसरत, माओवादी समाजवादी बिपक्षमा मत दिएर सरकारबाट बाहिरिने !

एमसीसीः देउवा ओली मिलेर पास गर्ने कसरत, माओवादी समाजवादी बिपक्षमा मत दिएर सरकारबाट बाहिरिने !

  • मङ्लबार, फाल्गुन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

विवादास्पद अमेरीकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले एमालेसँग मिलेर जाने नयाँ विकल्प छनौट गर्न थालेका छन् । यस सिलसिलामा बालुवाटारबाट बालकोट गएर देउवाले यस अघि ओलीसँग छलफल गरेका थिए भने आज बालुवाटारमै ओली गएर फेरी छलफल भएको छ ।
ओली आफैले संसदमा दर्ता गराएको एमसीसीको बिपक्षमा छैनन । अहिले संसद अवरोध भएको समयमा मौन जस्तो देखिए पनि भीम रावल समुहको असहमतिका बीच ओली एमसीसीको पक्षमा रहेको एमाले स्रोतको दाबी छ । तर ओलीले यही तीरबाट प्रचण्ड र माधव नेपाल बिरुद्ध पनि अस्त्र चलाउन चाहेकाले प्याकेजमा सहमतिको खोजी गरेका छन् ।
त्यो प्याकेज भनेको गठबन्धन तोड्ने हो ।
आधिकारीक रुपमै एमसीसी बिरुद्ध मतदान गर्ने निर्णय गरीसकेपछि माओवादी र एकीकृत समाजवादीले मत नदिने भएकाले एमसीसी पास गर्न एमालेसँग मिल्ने योजनामा देउवा लागेको उच्च स्रोतको दाबी छ ।
त्यस्तो स्थितिमा एमाले र काँग्रेस मिलेर एमसीसी पास गर्ने र चुनाव गराउने योजनामा सहमति हुन सक्छ । यद्यपि, त्यो फाईनल प्याकेज तय भईसकेको भने छैन ।
उता माओवादी र एकीकृत समाजवादीका शीर्ष नेतासँग एमसीसी टेबल नहुँदा सम्म पटक पटक छलफल गरेका देउवाले पारित गर्नु अघि उनीहरुसँगको परामर्श घटाएका छन् ।
यस्तो स्थितिमा अब एमसीसीको बिपक्षमा मत दिने र सोही दिन सरकारबाट बाहिर निस्कने माओवादीको तयारी छ । एकीकृत समाजवादीले पनि आधिकारीक रुपमै एमसीसी बिरुद्ध मत दिने घोषणा गरीसकेको छ ।
उच्च स्तरका माओवादी नेताले दिएको जानकारी अनुसार पार्टीका लागि सरकार भन्दा देश र जनता ठुलो भएकाले बिपक्षमा मत दिदा गठबन्धन भत्किए त्यो स्वीकार्ने र जनतामा जाने आन्तरीक योजना तय भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी