लोसपा विभाजित, लालको नेतृत्वमा तमलोपा ब्युतियो

लोसपा विभाजित, लालको नेतृत्वमा तमलोपा ब्युतियो

  • मङ्लबार, फाल्गुन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

१० फागुन, जनकपुर । महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी विभाजित भएको छ । कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै तमलोपा ब्युताएका छन् ।
आज पत्रकार सम्मेलन गरी लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको बताएका छन् ।
लालसँगै संविधानसभा सदस्य एवं नेता डा. विजय कुमार सिंह, रामजी राय, धिरेन्द्रबहादुर सिंह, सतिश लाल दास, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, विन्दु देवी, राजकिशोर मण्डल लगायतले पनि लोसपा परित्याग गरेका छन् ।

लालसहितका नेता प्रवेश गरेको पार्टी तमलोपा शुरुमा महन्थ ठाकुरले गठन गरेका थिए । ठाकुर नेतृत्वको तमलोपाले अरु दलसँग मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनाएपछि शिवशंकर लाल कर्णले तमलोपा दर्ता गराएका थिए । त्यही पार्टी अहिले लाल समुहले लिएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ