नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्ने घोषणा गरेका माओवादी र समाजवादीका नेताहरुलाई सरकारमा नबस्न चेतावनी दिएका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकारमा बसेर सरकारकै बिपक्षमा मतदान गर्नु अनैतिक हुने बताए ।
फरक मतदान गर्ने भए सँगै बस्न नसकिने थापाले चेतावनी दिए । एमसीसीको बिपक्षमा मतदान गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीले घोषणा गरेका छन् । तर सरकार छाडेका छैनन् ।
तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे ।
काँग्रेस एक ढिक्का भएर एमसीसीको पक्षमा उभिएको र जनतालाई स्पष्ट पार्ने पनि थापाले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline