स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएर लाग्न माओवादी केन्द्रको निर्देशन

स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएर लाग्न माओवादी केन्द्रको निर्देशन

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रीत भएर लाग्न पार्टी कमिटिलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रले आज प्रदेश कमिटीहरूलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्न भनेको छ ।
एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरूलाई पार्टी समितिमा ल्याएर परिचालित गर्न निर्देशन दिईएको छ ।
फागुण १२ सम्म सबै जिल्ला समन्वय समितिको बैठक राखेर सक्रियतापूर्वक योजना बनाई काममा लाग्न पार्टीले निर्देशन दिएको छ ।

यस्तै, निर्वाचनको तयारीका लागि पालिकाहरुमा निर्वाचन मुल परिचालन समिति बनाउनुपर्ने, गत निर्वाचनमा आएको मत परीणामको समीक्षा गर्ने र माथिल्लो कमिटिालाई रिपोर्ट गर्न पनि अध्यक्ष प्रचण्डको निर्देशन छ ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिएकाले सबै पार्टीहरु चुनाव केन्द्रीत गतिविधिमा लागेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ