एमसीसीको बिरोधका नाममा सडक भत्काउने, प्रहरीलाई कुट्ने ? यो के तमासा हो ? ओलीको आक्रोश

एमसीसीको बिरोधका नाममा सडक भत्काउने, प्रहरीलाई कुट्ने ? यो के तमासा हो ? ओलीको आक्रोश

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

फागुण ९ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको बिरोधका नाममा सरकारमै बसेका पार्टीका कार्यकर्ताले आन्दोलन गर्दा सडक भत्काएको र प्रहरी कुटेको भन्दै आपत्ति जनाएका छन् ।
सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएको ओलीको दाबी छ । धेरै खर्च गरेर बनाईएको सडक भत्काएको भन्दै ओलीले प्रदर्शनकारीप्रति असन्तुष्टी व्यक्त गरे ।
सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले उक्त प्रदर्शन सत्तारूढ दलको तमासा भएको बताए।
‘२५ जना प्रदर्शनकारीले सयौं प्रहरीलाई ढुंगा हानेको छ। प्रहरी पछाडि सरेको छ,’ ओलीले भने,‘उनीहरूलाई केही गर्ने आदेश छैन।’
एमसीसी आफैं टेलब गर्ने आफैं विरोध गर्ने । सत्तारुढ गुट देशप्रति जिम्मेवार बनेकोको छैन । एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा नारा लगाउन पठाउने ? ओलीले प्रश्न गरे ।
प्रदर्शनकारीले प्रहरीमाथि एकोहोरो आक्रमण गरेको भन्दै गृहमन्त्रीलाई समेत आफूले फोन गरेको ओलीले बताएका छन् ।
ओली सरकारले नै संसदमा दर्ता गराएको एमसीसी हिजो संसदमा टेबल भएको थियो । माओवादीको बिरोध र असहमतिका बीच सरकारले संसदमा एमसीसी टेबल गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ