एमसीसी पास गर्न एमालेले सहयोग गर्ने काँग्रेस प्रवक्ता महतको विस्वास

एमसीसी पास गर्न एमालेले सहयोग गर्ने काँग्रेस प्रवक्ता महतको विस्वास

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौँ फागुण ९ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस एमसीसीको समर्थमा रहेको र पारित गराउन लागि पर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको दावी गर्दै यसलाई पारित गर्नुको विकल्प नभएको बताए ।

एमसीसी स्वीकार गर्दा अमेरीकी सेना आँउछ भनेर नियोजित रुपमा हल्ला भईरहेको भन्दै महतले त्यो गलत भएको बताए ।
नेपालले आफै निवेदन दिएर यो परियोजना लिएको भन्दै अहिले धेरै पटक झुट्टो बोलेर त्यसलाई सत्य बनाउन खोजिएको भन्दै सबै दल र मन्त्रीहरु सक्रिय भएरै यो सम्झौता संभव भएको उनको भनाई छ ।
एमसीसी पारित गराउन चीनले भने जस्तो दबाब अमेरीकाबाट नआएको महतले दाबी गरे । नेपाल सार्वभौम मुलुक भएकाले कसैको पनि दबाबमा नपर्ने महतले स्पष्ट पारे ।
एमसीसी पास गर्न एमालेले सहयोग गर्ने महतले विस्वास व्यक्त गरे । ओलीजीले एमसीसी स‌सद्‍मा दर्ता गर्नुभएको थियो । उहाँले नै टुंगोमा पुर्याउनु हुन्छ भन्ने थियो । तर सक्नुभएन । अब हामीले संसद्‍मा पुर्‍याएका छौँ। सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। उहाँले आफैले दर्ता गरेको विधेयकमा सहयोग नगर्ने भन्ने हुँदैन, महतले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ