काठमाडौँ फागुण ८ । सांसदहरुको बिरोधका बीच विवादास्पद अमेरीकी सहायता सम्झौता एमसीसी संसदमा पेश भएको छ । एकातिर एमालेका सांसदको अवरोध छ भने अर्कोतिर माओवादी, एकीकृत समाजवादी सहित साना दलका सांसदले पनि एमसीसी टेबल नगर्न उठेर नाराबाजी गरीरहेपनि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी टेबल गरे । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले दलहरूबीच राष्ट्रिय सहमति नभइ सदनमा एमसीसी पेस गर्ने कार्यसूची आएको भन्दै आपत्ति प्रकट गरे ।
‘सदन अवरुद्ध भएको अवस्थामा सदन सुचारु हुँदैन भन्ने मान्यता छ, यो लोकतान्त्रिक विधि र मान्यता पनि हो । कुनै पनि एजेन्डा र छलफल कार्यसूची प्रस्तुत गर्न पाइँदैन । गएको छ महिनादेखि धेरै विधेयकहरू पाइपलाइनमा छन्, कुनै पनि विधेयकमा छलफल भएको छैन,’ उनले भने ।
त्यसै गरी एमाले सांसद भीम रावलले पनि एमसीसी टेबल गर्न लागिएकोमा आपत्ति
जनाएका थिए ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि आपत्ति जनाईन् ।
एमसीसी संसदमा टेबल भएपछि संसदको अर्को बैठक फागुण १२ गते सम्मका लागि स्थगित भएको छ ।