देउवाले मान्दै नमानेपछि प्रचण्ड र माधव नेपाल एमसीसी टेबल गर्न दिन सहमत, तर संसदमा बिपक्षमा उभिने

देउवाले मान्दै नमानेपछि प्रचण्ड र माधव नेपाल एमसीसी टेबल गर्न दिन सहमत, तर संसदमा बिपक्षमा उभिने

  • आइतवार, फाल्गुन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जति सुकै तर्क वितर्क गरे पनि प्रधानमन्त्री देउवाले सुन्न त सुने तर धेरै बोलेनन् । गठबन्धन स्रोतका अनुसार देउवाले अब छोडाँै, एमसीसी टेबल गरौँं , प्रकृयामा लैजाऔँ पास फेल जे भए पनि सामना गरौँ भन्ने कुराबाट कुनै दाँयाबाँया नसोचे पछि अन्ततः प्रतिगमन बिरुद्ध भन्दै तयार भएको गठबन्धन जोगाउनकै लागि एमसीसी टेबल गर्न तयार भए । अन्य नेता पनि टेबल गर्ने र आ आफ्नो बिचार अनुसार संसदमा छलफल गर्न सहमत भए ।
ओली सरकारले संसदमा दर्ता गराएको एमसीसी काँग्रेस सरकारले संसदमा पेश गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
एमसीसी संसदमा पेश गर्न दिएर बहस गरेपनि एमसीसीको बिपक्षमा उभिने माओवादी , एकीकृत समाजवादी सहित अन्य घट्टकले तयारी गरेका छन् ।
प्रचण्डको सचिवालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री एमसीसीलाई रोक्न वा संसदीय प्रकृयामा पठाउन तयार नभएकाले संसदमा लान सम्म सहमति जनाएको स्पष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ