एमसीसीलाई संसदमा पेश गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको अन्तिम प्रयास स्वरुप आज बैठक बस्दैछ । प्रधानमन्त्री शेर बहादुर देउवा जसरी पनि आज एमसीसी टेबल गराउने पक्षमा छन् । तर माओवादी केन्द त्यसका लागि तयार भएको छैन । माओवादी र एकीकृत समाजवादीले संसदमा एमसीसी टेबल गर्नु अघि संसद सुचारु हुनु पर्ने समेत शर्त राखेका छन । त्यसमा पनि माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेका छन् ।
जसपा एमसीसीबारे अनिर्णित हुँदा जनमोर्चा एमसीसी खारेजीको पक्षमा रहेको छ ।
आज दश बजे बस्ने गठबन्धनको बैठकमा एमसीसी बारे सहमति नभए गठबन्धन टुटने खतरा समेत रहेको अनुमान गरिएको छ ।
बिहिबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई पहिला गठबन्धन छाड्नुस अनि अरु कुरा गरौँला भनेकाले पनि देउवा गठबन्धन भित्र सहमति नभए तोडेर एमालेसँगको सहकार्यमा एमसीसी अनुमोदन गराउन चाहन्छन । एमाले अध्यक्ष ओली एमसीसीको पक्षमा रहे पनि अहिले मौन बस्दै आएको छ ।