भगवान रामलाई बनबास पठाए जस्तै मलाई पनि षडयन्त्र गरेर सत्ताबाट हटाएः ओली

भगवान रामलाई बनबास पठाए जस्तै मलाई पनि षडयन्त्र गरेर सत्ताबाट हटाएः ओली

  • शनिबार, फाल्गुन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन टुटाएरै छाडने दाबी गरेका छन । अध्यक्ष ओलीले गठबन्धनलाई पानीमुनि गएपनि नछाडने जिकिर गरे ।
आज सूर्यविनायकमा नगर अस्पतालको उदघाटन गर्दै ओलीले निर्वाचनमा जानै पर्ने स्थिति भएकाले गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका हुन ।
संसारभरका ज्योतिषले पनि यो गठबन्धनको आयु एक वर्ष भन्दा माथि जादैन भनेका छन् । कसरी बच्छ यो स्वार्थी गठबन्धन ओलीले भने ।
निर्वाचनमा जालझेल हुन नहुने भन्दै अबको निर्वाचन आफनो पार्टीले जित्ने दाबी गरे ।
उनले एमालेले मात्रै जनतालाई खुसी बनाउने दाबी गर्दै चुनावपछि आफूले सरकार बनाउने ठोकुवा गरे ।

ओलीले रामायणमा भगवान रामलाई षडयन्त्र गरेर बनबास पठाए जस्तै आफूलाई पनि सत्ताबाट हटाईएको जिकिर गरे ।
उनले एमसीसी संसदमा टेबल गर्नु पर्ने र त्याहाँबाट निर्णय हुनु पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ