७२ औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्टपति , प्रधानमन्त्रीको शुभकामना

७२ औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्टपति , प्रधानमन्त्रीको शुभकामना

  • शनिबार, फाल्गुन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश दिएका छन् ।

सो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् ।
उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गर्नुपर्ने सन्देशमा उल्लेख गरेकी छन् ।

त्यस्तै,उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास समेत व्यक्त गरेका छन् ।

त्यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलताका आधारमा मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् ।
२००७ सालको क्रान्त्रिको जगमा उभिएर आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको भन्दै प्रधानमन्त्री देउवाले नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित भएकोमा जोड दिएका छन्।
यसै गरी सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विभिन्न दलका शीर्ष नेताहरुले पनि प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ