सत्तारुढ गठबन्धनको निर्णायक वार्ता बालुवाटारमा शुरु

सत्तारुढ गठबन्धनको निर्णायक वार्ता बालुवाटारमा शुरु

  • शुक्रबार, फाल्गुन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

आज गठबन्धनको बैठक १० बजे फेरी बस्ने हिजो साँझ घण्टौ सम्मको छलफलमा सहमति नभएपछि बैठकका लागि भने सहमति भएको थियो । देउवाको एउटै आग्रह छ एमसीसी संसदमा टेबल गरौँ, पास फेल जे भए पनि स्वीकार गरौँ । तर प्रचण्डले सबै भन्दा बढी अब्जेक्सन राखे एमसीसीका केही प्रावधानहरु संसोधन गर्नु पर्दछ, संसद समेत अबरुद्ध रहेकाले अहिले एमसीसी टेबल नगरौँ । एमसीसीको विषयमा नभई प्रतिगमनको बिरुद्ध गठबन्धन गरिएकाले त्यसलाई जोगाऔँ ।
प्रचण्ड यही अडानमा निरन्तर अडिएपछि देउवाले अब पछि हट्न सकिदैन एमसीसी त जसरी पनि लैजानै पर्छ भनेपछि हिजो साँझको बैठक सकिएको थियो ।
तर आजको बैठक बस्नु अघि हिजै साँझ देउवा पत्नी आरजुलाई लिएर प्रतिपक्षी दलका नेता केपी ओलीको निवासमा पुगे । त्यस अघि नै काँग्रेसका अन्य नेताहरुले ओलीसँग भेटवार्ता गरीसकेका थिए । देउवाले बालकोट पुगेर गठबन्धनका साझेदार दल र नेतालाई के सन्देश दिन खोजेका छन् ? एमसीसी हामी नै पेश गरौँ हैन भने प्रतिपक्षसँग सहकार्य गरेर पनि अघि बढ्छु भन्ने सन्देश दिन खोजेको बुझाई गठबन्धनका अन्य नेताको छ ।
सोही घटनाक्रमपछि आज बिहानै प्रचण्ड निवास खुमलटारमा माओवादी , एकीकृत समाजवादी र जसपाका नेताहरुको अलग्गै छलफल समेत भएको थियो । जुन छलफलमा यदी देउवा र ओली मिले भनेको विकल्प के के हुन सक्छ ? भनेर परामर्श भएको र उनीहरु मिल्ने स्थिति आए कसरी अघि बढ््ने भनेर समेत परामर्श भएको जसपका एक नेताको दाबी छ । यद्यपि, एमसीसीमा राष्ट्रिय सहमतिका लागि केही समय पर धकेल्ने र संसोधनको प्रस्ताव गर्ने, गठबन्धन कायम राख्न अन्तिम सम्म प्रयन्त गर्नु पर्नेमा भने तीन दलका नेता रहेको पनि बुझिएको छ ।
गठबन्धनको आजको वार्तालाई निर्णायक वार्ताको रुपमा समेत हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ