अब प्रचण्डले एमसीसी पास गर्न सहयोग गर्दैनन् , ओली नै विकल्प भएको काँग्रेस नेताहरुको निष्कर्ष !

अब प्रचण्डले एमसीसी पास गर्न सहयोग गर्दैनन् , ओली नै विकल्प भएको काँग्रेस नेताहरुको निष्कर्ष !

  • शुक्रबार, फाल्गुन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

नेपाली काँग्रेसले सत्ता गठबन्धन तयार हुँदा नै न्युनतम साझा कार्यक्रममा एमसीसीको बिषय प्रवेश गराउन खोजेको थियो गत सरकार बन्दा । तर प्रचण्डले त्यतिखेर पनि नमानेका कारण पछि सहमतिमा गरौँला भनेर देउवा पछि हटे ।
अहिले एमसीसीले अनुमोदनका लागि दिएको समयसीमा अब सकिनै लाग्दा देउवा कुनै पनि हालतमा यो अनुमोदन गराउने पक्षमा कस्सिएर लागेका छन् । गठबन्धनबाटै त्यो अनुमोदन गराउने प्रयत्न सफल नहुने देखेपछि काँग्रेस नेताहरुले आन्तरीक रुपमा अब प्रचण्डबाट एमसीसी अनुमोदनमा सहयोग संभव नभएको निष्कर्ष सहित बालकोटको यात्रा तय गरेको एक नेताको दाबी छ ।
हिजो गठबन्धनको बैठक चल्दै गर्दा र त्यसपछि पनि काँग्रेसका दोस्रो तहका नेताहरुले बालकोटमा एमाले अध्यक्ष ओलीसँग सघन छलफल गरेका थिए ।
त्यसपछि गठबन्धनमा बालुवाटारमा सहमति नहुनासाथ देउवा लगत्तै ओलीलाई भेट्न पत्नी आरजु देउवा सहित बालकोट पुगेका थिए । त्यो भेटमा विस्तृत सहमति भईनसकेको भए पनि वातावरण तयार पार्ने तिर अघि बढेको काँग्रेस नेताको दाबी छ ।
ओली एक तिरबाट दुई शिकार गर्न खोजिरहेका छन् । एमसीसीका पक्षमा ओली शुरु दे।खिनै भएको र संसदीय अनुमोदनको विषय पनि उनैले तयार पारेकाले एमसीसीको बिपक्षमा ओली नउभिने काँग्रेसी नेताको बुझाई छ । तर ओली एमसीसीमा काँग्रेसलाई सहयोग गर्दा पूर्व एमालेका १४ सांसदलाई कार्बाहीको सूचना ननिकाल्ने सभामुख अग्नी सापकोटालाई पनि हटाउन चाहन्छ । अग्नी सापकोटा बिरुद्ध महाअभियोग लगाउने, माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्ने र एमसीसी अनुमोदन गर्ने यो प्याकेजमा एमालेका नेताहरुले सहमति गर्न खोजेको काँग्रेस नेताको दाबी छ ।
तर काँग्रेस नेताहरुले भने संसद खोल्न र एमसीसी टेबल गर्न असहयोग गरेमा मात्रै सभामुख हटाउने प्रकृया थाल्नु पर्ने बताउदै माधव नेपाल सहितका सांसदमाथिको कार्बाहीप्रति स्पष्ट प्रतिकृया नदिएको एमाले स्रोतले जनाएको छ ।
जे भए पनि गठबन्धनतिर देखा परेको दरारलाई एमालेले हेरिरहेको र त्यसबाट उत्साहित बन्दै गएको बताईन्छ ।
त्यसो त प्रचण्ड मात्र हैन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपाको ठूलो हिस्सा पनि तत्काल एमसीसी अनुमोदनको पक्षमा नरहेको बुझिएको छ । तीनै दलका नेताहरु आज खुमलटारमा बसेर छलफल गर्दै तत्काल एमसीसी टेवल गर्ने वातावरण नभएको धारणामा सहमत भएका हुन् । बाबुराम भट्टराई एमसीसीको पक्षमा भए पनि जसपा अहिलेका लागि विपक्षमा जस्तो देखिएको जसपाका एक सांसदले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी