टुट्ने दिशामा अघि बढेको सत्तारुढ गठबन्धनको आज पनि निर्णायक बैठक बस्दैछ । आजै एमसीसी संसदमा टेबल गर्न जोड गरीरहेका प्रधानमन्त्री देउवालाई प्रचण्ड र माधव नेपालको सक्रियतामा आज सम्मका लागि रोकिएका छन् ।
आज १० बजे हुने गठबन्धनको बैठकमा कुनै जादु नभएमा वा प्रधानमन्त्री एमसीसी केही समय रोक्न तयार नभएमा गठबन्धन लगभग भंग हुनेछ ।
एमसीसी जसरी पनि संसदमा ल्याउदा र माओवादी र एकीकृत समाजवादी त्यसको बिपक्षमा उभिदा नैतिकताको हिशाबले माओवादी र एकीकृत समाजवादी सरकार बाहिर जानेछन् ।
जसपा अहिले सम्म अनिर्णित छ भने जनमोर्चा सडकमै एमसीसी बिरुद्ध आन्दोलित छ ।
जसरी पनि एमसीसी ल्याउने र त्यसलाई अनुमोदन गर्न माओवादी र समाजवादी तयार नहुने हो भने संसद अवरोध गरीरहेको एमाले तयार हुनु पर्नेछ । त्यसका लागि पनि प्रधानमन्त्रीले सक्रियता देखाईरहेका छन् ।
ओली निवासमै पुगेर देउवाले छलफल गरेपनि त्याहाँ हिजो बेलुका पूर्ण सहमति भने भईनसकेको बताईन्छ । आज गठबन्धनको बैठक बिहान १० बजेका लागि बोलाईएको छ ।