प्रचण्ड र माधव नेपाल एमसीसी टेबल गर्न तयार नभएपछि देउवा बालुवाटारबाट साँझ बालकोट गए, ओलीले देलान् साथ ?

प्रचण्ड र माधव नेपाल एमसीसी टेबल गर्न तयार नभएपछि देउवा बालुवाटारबाट साँझ बालकोट गए, ओलीले देलान् साथ ?

  • बिहिबार, फाल्गुन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

सत्तारुढ गठबन्धनभित्र एमसीसीका विषयमा खटपट साम्य पार्न नसकेपछि प्रधानन्त्री शेर बहादुर देउवा केपी ओलीतर्फ केन्द्रीत भएका छन् । केही समय अघि वालकोटमै पुगेर ओलीलाई भेटेका देउवाले अहिले साँझ पनि भेट्न पुगेका छन् ।
साँझ सम्म बसेको गठबन्धनको बैठकमा पनि सहमति नभएपछि देउवाले ओलीसँग संवाद गर्न लागेका हुन् ।
यो छलफलमा देउवाले संसद सुचारु गर्न र एमसीसीमा सहयोग गर्न आग्रह गर्ने बताईएको छ ।
एमसीसी संसदमा ल्याउन पनि एमालेको अवरोध कायम रहेकाले कठिन हुने हुँदा संसद खोल्न पनि देउवाको जोड छ ।
एमाले अध्यक्ष ओलीसँग आज दिँउसो मात्रै पनि काँग्रेस नेता मिनेन्द्र रिजाल र ज्ञानेन्द्र कार्कीले भेटेका थिए । अन्य स्तरका नेताले समेत अनौपचारीक रुपमा संवाद गरीरहेको बताईएको थियो ।
एमाले यो गठबन्धन जसरी पनि तोड्न चाहन्छ । यस अघि नै एमाले अध्यक्ष ओलीले गठबन्धन तोडेमा एमसीसी पास गर्न सहयोग गर्ने बचन देउवालाई दिईसकेका छन् ।
माओवादी र एकीकृत समाजवादीले संसद खुल्नु पर्ने, एमसीसी संसोधन गर्नु पर्ने जस्ता पार्टीको बटम लाईन राखिरहेकाले देउवाले अन्य विकल्पमाथि छलफल थालेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ