एमसीसीका कारण तनावमा परेको सत्तारुढ गठबन्धनको बैठकको बैठक अहिले साँझ सकिएको छ । गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने या रोक्ने बिषयमा रस्साकस्सी चलेपछि अन्ततः भोलीका लागि रोक्न प्रधानमन्त्री तयार भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यद्यपि, प्रधानमन्त्री एमसीसीबाट पछि हट्ने मनशायमा भने टसमस भएका छैनन् । आजको गठबन्धन बैठकमा उनले कृष्ण सिटौला, पूर्ण बहादुर खड्का, गगन थापा, दिलेन्द्र प्रसाद बडुलाई समेत सहभागी गराएका थिए । उनीहरु एमसीसीको पक्षमा रहेका छन् ।
प्रधानमन्त्री देउवा अब एमसीसीमा ब्याक हुन नसक्ने भन्दै जसरी पनि शुक्रबार टेबल गर्नु पर्ने र पास भए पनि वा फेल भए पनि स्वीकार गरौँ भनेर अडान लिईरहे पनि गठबन्धनको भविष्य भरसक रक्षा गने गरी भोली स्थगित गर्न तयार भएका हुन् ।
प्रचण्ड र माधव कुमार नेपाल एमसीसी पास वा फेल गर्ने विषयका आधारमा गठबन्धन नबनेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर केही बुदा संसोधन गरेर मात्र पेश गर्नु पर्ने अडानमा रहेका छन् । माओवादीका तर्फबाट अर्का नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र जसपा अध्यक्ष बाबुराम भट्टराई पनि बैठकमा सहभागी थिए ।
भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन् भने श्रेष्ठ एमसीसी बिरुद्ध सडक आन्दोलनमै सहभागी भएका थिए ।
जबरजस्त सरकारले एमसीसी अघि बढाए सरकार छाड्ने मनशायमा प्रचण्ड र माधव नेपाल पुगिसकेका छन् । तर गठबन्धन जोगाउन उनीहरु लागि परेका छन् ।