बागमती प्रदेश सर्वदलीय बैठक : फागुन १६ मा प्रदेशसभा बैठक बस्ने

बागमती प्रदेश सर्वदलीय बैठक : फागुन १६ मा प्रदेशसभा बैठक बस्ने

  • बुधबार, फाल्गुन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

मकवानपुर, ४ फागुन ।
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको ९औँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ । सोही बैठकको निर्णय अनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्यपरामर्श समितिको बैठक पनि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ ।

उहाँका अनुसार, कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकको लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ । गठबन्धन सरकारले सिफारिस गरिएनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले आजै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो । उक्त सर्वदीय बैठकमा सत्तारुढ गठबन्धन दलका साथै प्रमुख प्रतिपक्ष (नेकपा एमाले) संसदीय दलका नेतालगायत अन्य साना दलको प्रतिनिधित्व रहेको प्रदेशसभाका प्रमुख सचिव खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ