काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि संभावित कार्यसूचीमा परेको छैन ।
आजै बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले एमसीसीलाई कार्यसूचीमा राख्न सक्ने बताईएको छ ।
प्रधानमन्त्री देउवा आजै एमसीसी टेबल होस् भन्ने पक्षमा रहेका छन् । जस अनुसार काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गर्न माग गरेको छ ।
आजको संसद बैठक पनि अवरोध गर्ने एमालेको योजना यथावत रहेकाले एमसीसी टेबल हुने नहुने अन्यौल भने कायम रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline