पूर्व अर्थमन्त्री एवं काँग्रेस नेता डा. राम शरण महतले एमसीसी नेपालको हितमा रहेकाले यसलाई अनुमोदन गर्नु पर्ने बताएका छन् । काँग्रेस संसदीय दलको बैठकमा बोल्दै महतले एमसीसी आएपछि अमेरीकी सेना आँउछ , सार्वभौमसत्तामाथि खतरा पैदा हुन्छ भन्ने भ्रम चलाईएको भन्दै अहिले सम्म एमसीसी लागू भएको विभिन्न देशमा काँही पनि अमेरीकी सेना नपुगेको दाबी गरे ।
यो विकासको लागि आउने अनुदान मात्र भएको तर भ्रम छरेर हिँडिएको महतको जिकिर छ ।
काँग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि एमसीसी नेपालको हितमा रहेको भन्दै यसलाई अनुमोदन गर्नु पर्ने ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्रीले सभामुखलाई आगामी संसदको बैठकमा एमसीसी टेबल गर्न अनुरोध गरीसकेका छन् ।
काँग्रेस संसदीय दलमा सहभागी सबै सांसदले एमसीसी अनुमोदनको पक्षमा बिचार राखेको डा. शसाक कोईरालाले जानकारी दिएका छन् ।