लुम्बिनी प्रदेशको चौथो स्थापना दिवस आज, देउखुरीमा विशेष कार्यक्रम

लुम्बिनी प्रदेशको चौथो स्थापना दिवस आज, देउखुरीमा विशेष कार्यक्रम

  • मङ्लबार, फाल्गुन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

३ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो चौथो स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकारले आफ्नो स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको हो ।

स्थापना दिवशको अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद के.सी., प्रदेशससभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ ।

प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो ।

१७ महिनाअगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभर आज सार्वजनिक बिदा दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ