सभामुख अग्नी सापकोटाले एमसीसीका विषयमा आफू एम्पायर मात्र भएको भन्दै दलहरुबीच सहमति बनेमा आफूले नरोक्ने बताएका छन् । दलहरुबीच राष्ट्रिय सहमति बनाउनुस् भन्ने आफ्नो आग्रह रहेको आजको सर्वदलीय बैठकमा उनले उल्लेख गरेका छन् ।
एमसीसी सभामुखले रोकिरहेको काँग्रेस एमालेका नेताहरुको आरोपका बीच सभामुखको यो धारणा आएको छ ।
एमाले अनुपस्थित रहेको आजको बैठकमा संसदको अवरोध हटाउन प्रतिपक्षीलाई पनि सहमतिमा ल्याएर अघि बढ्न प्रधानमन्त्री र दलका नेताहरुको ध्यानाकर्षण गराएको भन्दै विभिन्न विधेयकहरु अघि बढाउन पनि संसद खुल्नु आवस्यक रहेको उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline