एमालेले आफ्ना सांसदलाई खाली कागजमा हस्ताक्षर गरायो, भीम रावल सहित पाँच जनाद्धारा अस्वीकार

एमालेले आफ्ना सांसदलाई खाली कागजमा हस्ताक्षर गरायो, भीम रावल सहित पाँच जनाद्धारा अस्वीकार

  • सोमवार, फाल्गुन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एमालेले सभामुख र संसद पुनस्थापनाको फैसला गराउने चार सर्वोच्चका न्यायधीश बिरुद्ध महाअभियोग लगाउने तयारी स्वरुप पार्टीका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएको छ । तर भीम रावल सहित पाँच जना सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
उनीहरुले प्रतिशोधको राजनीति गर्न नहुने भन्दै महाअभियोगका लागि हस्ताक्षर गराईएको आशंकामा अस्वीकार गरेको बुझिएको छ । अन्य सांसदहरुले पनि महाअभियोग लगाउने बिषयमा प्रतिशोधलाई मात्र आधार बनाउन नहुने बताएका थिए । सांसद महेश बस्नेतले भने सभामुख अग्नी सापकोटा बिरुद्ध महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ