एमालेले प्रधानन्यायधीश बिरुद्धको महाअभियोगको प्रतिवाद गर्ने तर जबरालाई नबोक्ने ?

एमालेले प्रधानन्यायधीश बिरुद्धको महाअभियोगको प्रतिवाद गर्ने तर जबरालाई नबोक्ने ?

  • सोमवार, फाल्गुन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नेकपा एमालेको संसदीय दलले सत्ता गठबन्धनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध लगाएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ । यो महाअभियोग निर्वाचन सार्ने षड्यन्त्र भन्दै गठबन्धनको एमालेले विरोध गरेको छ ।
आज बसेको बैठकमा महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भनिए पनि धेरै जसो सांसदहरुले चोलेन्द्र शमशेर जबरालाई बोकेर चुनावमा जान नसकिने सुझाव दिए पछि अध्यक्ष ओलीले चोलेन्द्रलाई बोक्ने पक्षमा आफू पनि नरहेको बताएका थिए ।
यस अघि सांसदहरुले चार न्यायधिश र सभामुख बिरुद्ध समेत महाअभियोगका लागि हस्ताक्षर समेत संकलन गरेर तयारी गरीसकेको एमालेले आजको दलको बैठकबाट महाअभियोग लगाउने विषयमा ठोस निर्णय गर्न सकेन ।
शीर्ष नेतृत्वले छलफलपछि टुंगो लगाएमा जुनसुकै बेला महाअभियोग लगाउन सक्ने एक सांसदले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ