सभामुखले बोलाएको सर्वदलीय बैठक सिंदरबारमा जारी, एमाले सहभागि भएन

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंदरबारमा जारी, एमाले सहभागि भएन

  • सोमवार, फाल्गुन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौँ, २ फागुन। सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी हुनुहुन्छ ।

बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी हुनुहुन्छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकको छलफल केन्द्रित हुने बताइएको छ । आइतबार प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेपछि यसबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने भन्दै सोमबार बिहानै जनाएको थियो । सभामुखको भूमिका र सरकारको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेका नेताहरूले सर्वदलीय बैठकमा सहभागी नहुने बताएका हुन् ।

सर्वदलीय बैठक चलिरहँदा बानेश्वरस्थि ल्होत्से हलमा भने एमाले संसदीय दलको बैठक चलिरहेको छ । एमाले अध्यक्ष केपी ओलीसहित अधिकांश नेताहरूले महाअभियोगको विपक्षमा प्रतिक्रिया दिँदैआएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ