फाल्गुन २,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले स्थानीय चुनाव सार्ने षड्यन्त्र स्वरुप प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् ।
नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले जवराविरुद्धको महाअभियोग प्रस्ताव गलत भएको बताएका हुन् ।
सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरेको तर त्यसको एक सातापछि महाअभियो प्रस्ताव आएको ओलीले जानकारी गराएको बैठकमा सहभागी नेता नवीना लामाले बताईन् ।
यस्तै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुने पनि बताएका थिए ।यो सबै गतिविधि स्थानीय निर्वाचन समयमा गराउने षड्यन्त्र पनि हो,’ ओलीको भनाई थियो ।
यस्तै एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । साथै सरकारको गतिविधि विरुद्ध एमालेले जन संघर्ष गर्ने बताइएको छ । तर यसबारे विस्तृतमा ब्रिफिङ आइनसकेको नेता लामाको भनाई छ ।