संसद पुनस्थापनाको फैसला गराउने चार न्यायधीश बिरुद्ध महाअभियोग लगाउने एमालेको तयारी

संसद पुनस्थापनाको फैसला गराउने चार न्यायधीश बिरुद्ध महाअभियोग लगाउने एमालेको तयारी

  • सोमवार, फाल्गुन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने संकेत दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरामाथि सत्तारुढ दलहरुले महाअभियोग लगाएपछि संसद पुनस्थापनाको निर्णयमा सहभागी अन्य चार न्यायधीशलाई पनि महाअभियोग लगाउने एमालेले तयारी गरेको हो ।
काउन्टरको रुपमा यो मआअभियोग लगाउने बारेमा छलफल भएको र आजको संसदीय दलको बैठकबाट यस विषयमा निर्णय हुने एक एमाले सांसदले जानकारी दिए ।
यद्यपि, आधिकारीक निर्णय संसदीय दलको बैठकले नगर्दा सम्म यसै भन्न सकिन्न उनले भने । हिजो प्रधानन्यायधीश बिरुद्धको महाअभियोगपछि एमालेले चुनाव सार्ने षड्यन्त्र भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई महाअभियोग लगाउनुपर्ने धारणा एमाले भित्र उठिरहेको छ ।

असार २८ गतेको फैसलाले अहिलेको अस्थिरता निम्तिएको ठहर गर्दै एमालेले प्रधानन्यायधीशलाई महाअभियोग लगाउने भए त्यो फैसला दिने अन्य चार न्यायधीशलाई समेत महाअभियोग लगाउनुपर्ने तर्क गरेको छ।

असार २८ गते सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। त्यसकै लागि सत्ता गठबन्धनले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रयोग गरेर अदालतमा आफूले भने अनुसार फैसला गराउन खोजेको एमालेको आरोप छ।

एमालेको अर्को आशंका आफूले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको निर्णय बदर हुनसक्ने भन्ने समेत छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ