काठमाण्डौं, फागुन १ गते आईतबार । भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको छ । भव्य कार्यक्रमका बीच गाँउपालिकालाई छुवाछुत मुक्त घोषणा गरिएको हो । गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले संवोधन गरेका थिए । त्यसै गरी भाजपुरका सांसद सुदन किराँतीले पनि संवोधन गरेका थिए ।
गाँउपालिका अध्यक्ष अशोक राईले रानीटार पक्कीपुल, पाङचा चखेवा सडक कालोपत्रे , केन्द्रीय प्रशारण लाईनको विस्थार आदि आमचोकवासीको विकासका समस्याको बारेमा माग पत्र नै अर्थमन्त्रीलाई सुनाएर हस्तान्तरण गरेका थिए ।
सबै नागरिकलाई प्रतिवद्धतामा हस्ताक्षर अभियान नै चलाएर गाँउपालिकालाई छुवाछुतमुक्त घोषणा गर्न सफल भएको पालिका अध्यक्ष राईको भनाई छ ।
संवोधनका क्रममा अर्थमन्त्री जनार्दन शर्माले उदयपुर भोजपुर जोड्ने रानीटारको पक्कीपुल बनाउने प्रतिवद्धता जनाउनुका साथै पाङचा चखेवा सडक कालोपत्रे गर्ने र विद्युतको केन्द्रीय प्रशारण लाईन विस्तारका पहल गर्ने आस्वासन पनि दिएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव कोईराला, जिल्ला प्रहरी प्रमुख राजकुमार राई, शसस्त्रका डिएसपी दीपक बराल , स्थानीय जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि उपस्थित रहेका थिए ।
आमचोक पुगेका अवसरमा अर्थमन्त्री शर्माले जनयुद्धका शहीदहरुको शालिकमा माल्यार्पण समेत गरेका थिए । सो गाँउपालिकाबाट तीन जना शहीद रहेका छन् ।
अर्थमन्त्री नै आमचोकमा आएकामा खुसी व्यक्त गर्दै गाँउपालिका अध्यक्ष अशोक राईले आमचोकको विकासका लागि यो कार्यक्रमले थप सहयोग पुग्ने विस्वास व्यक्त गरे ।




