काठमाडौँ फागुण १ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा झण्डा बिहीन गाडीबाट सर्वोच्चबाट निस्किएका छन् ।
संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता हुनासाथ संसदको निर्णय नहुञ्जेलका लागि प्रधानन्यायधीश स्वतः निलम्वित हुन्छन् ।
राणा बिरुद्ध नेपाल बार एसोसिएसन आन्दोलित रहेको थियो । यस अघि उनको राजीनामाको माग गर्दै न्यायधीशहरु समेत आन्दोलित थिए ।
त्यसपछि बेञ्चमा बस्न नपाई प्रधानन्यायधीश निलम्बनमा परेका छन् । दुई पटक संसद विघटनलाई बदर गरिदिएका प्रधानन्यायधीश राणा बिरुद्ध पछि सरकारमा भागबण्डा खोजेको आरोपपछि उनी बिरुद्ध आन्दोलन चर्किएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline