केन्द्र सरकारलाई पनि जनयुद्ध दिवस मनाउन प्रचण्डको आग्रह : प्रचण्ड

केन्द्र सरकारलाई पनि जनयुद्ध दिवस मनाउन प्रचण्डको आग्रह : प्रचण्ड

  • आइतवार, फाल्गुन १, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि विदेशी आयोजना वा परियोजना लागू गर्ने कि नगर्ने भन्ने आधारमा यो गठबन्धन बनेको नभई प्रतिगमनका बिरुद्ध संविधान र लोकतन्त्रको रक्षाका निम्ती गठबन्धन तयार भएकाले यो त्यति सजिलो नभत्किने बताएका छन् ।
आज पार्टी मुख्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले अहिले गठबन्धन भत्काउने र प्रतिगामीहरु ब्युतिने कोशिस गरीरहेको भन्दै गठबन्धन सजिलै भत्किन नहुनेमा जोड दिएका हुन् ।
अहिले गठबन्धन तोडेर सरकार भत्काउने प्रयास भईरहेको भन्दै माओवादीलाई कमजोर बनाउने , अहिले जनयुद्धले स्थापित एजेण्डाहरु समाप्त पार्न प्रतिगामीहरु सल्बलाई रहेको प्रचण्डको भनाई छ ।
जनयुद्धमा भएको दमनको स्मरण गर्दै उनले टाउको काटेर झोलामा ल्याउन ईनाम दिँदा समेत जनताका कारण आफूहरु हजारौँ शहीदहरुको बलिदानबाट जनताका कारण सुरक्षित रहेको भन्दै अहिले पनि भिन्न रुपले संघर्ष भईरहेको बताए ।
परिवर्तन उल्ट्याउनका लागि अहिले पनि नेतृत्वलाई बदनाम गर्ने, कमजोर पार्ने कोशिस भईरहेको उनले बताए ।
उनले मधेश सरकारले ऐतिहासिक रुपले जनयुद्ध दिवस मनाउने निर्णय गरेकोमा स्वागत गर्दै केन्द्र सरकारलाई समेत जनयुद्ध दिवस मनाउन आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ