नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई संसदमा टेबल हुनबाट सभामुखले रोक्न नमिल्ने बताएका छन् ।
आज स्थानीय तहको निर्वाचन लक्षित पार्टीको अभिमुखीकरण र प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुखले सरकारले एमसीसी टेबल गर्दा रोक्न नमिल्ने बताए ।
एमसीसी एउटा विकास परियोजना भएकाले यसलाई भूराजनीतिक द्धन्दको बिषय बनाउने प्रयास भएको उनको जिकिर छ । ओलीले सत्तारुढ दलहरुको दोहोरो चरित्रका कारण नै एमसीसी यस्तो विवादमा परेको ओलीको भनाई छ ।
ओलीले सभामुखले अनाधिकृत ढंगले बलमिच्याई गरेको भन्दै १४ सांसदलाई कार्बाही नगरेकोमा पनि आपत्ति जनाए । उनले सभामुखकै कारण संसद भेन्टिलेटरमा पुगेको आरोप लगाए ।
एमालेले लामो समयदेखि संसद अबरुद्ध गर्दै आईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline