यथास्थितिमा एमसीसी पास गर्न सकिदैन, माधव नेपालले खोजे सात प्रश्नको जवाफ

यथास्थितिमा एमसीसी पास गर्न सकिदैन, माधव नेपालले खोजे सात प्रश्नको जवाफ

  • शुक्रबार, माघ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

२८ माघ, वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने स्पष्ट पारेका छन् ।

बीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यही अवस्थामा एमसीसीप्रति आखाँ चिम्लिएर समर्थन गर्न नसकिने बताए ।
उनले एमसीसीप्रति नेपालको जनमत विभाजित रहेको भन्दै जनतालाई स्पष्ट नपारी , प्रश्नहरुको निरुपण नगरी एमसीसी अगाडी बढाउन नसकिने बताए ।

एमसीसी अनुमोदनको समय पर सारेर थप छलफल गरेर अगाडी जाँदा राम्रो हुने भन्दै नेपालले एमसीसीले सात प्रश्नको जवाफ दिनु पर्ने बताए ।
जस अनुसार :

पहिलो, यो इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन ?
दोस्रो, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ? सैन्य संलग्नता छ कि छैन ?
तेस्रो, ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन ।
चौथो, निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?
पाँचौ, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन ?
छैठौं, त्यसको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन ?
सातौं, एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्छ । आफूखुशी नयाँ–नयाँ कानुन बनाउँदै जाँदा नेपालको हितमा असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन ?
यी प्रश्नहरुको जवाफ उचित ढंगले एमसीसीले दिनु पर्ने नेपालको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ