काठमाडौं, २७ माघ । एमसीसीबारे मुलुकमा चौतर्फि बिरोध भईरहदा अमेरीकाले भने पारित गराउनका लागि खुल्ला रुपमा हस्तक्षेप सुरु गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै यथास्थितीमा संसदमा टेबल गर्न नहुने जनमत बढीरहेका बेला अमेरीकाले चासो मात्रै राखेको छैन, किन एमसीसी टेबल नगरेको भन्दै प्रधानमन्त्री सहित बिभिन्न रानीतिक दलका शिर्ष नेताहरुलाई ठाडो पश्न गर्न थालेको छ ।
पछिल्लो समय अमेरिकी अधिकारीहरुले नेपालका सरोकारवाला निकायहरुसँग निरन्तर सम्पर्क मात्रै गरेका छैनन् । उनीहरुले एमसीसी पारित नगरे नेपालसँगको सम्बन्ध समिक्षा गर्ने धम्कीपूर्ण चेतावनी दिन थालेका छन् ।
बिहिवार साझ मात्रै अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन राजनीतिक दलका शर्ष नेताहरुसँग टेलिफोन वार्ता गरे । उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग टेलिफोन वार्ता गरेर एमसीसी किन टेबल नगरेको भनेर प्रश्न गरेका थिए ।
त्यति मात्रै हैन छलफलका क्रममा मन्त्री लुले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने चेतावनी दिएको बताइएको छ।
प्रधानमन्त्री देउवा र सहायक विदेशमन्त्री लुबीच आज टेलिफोन वार्ता भएको बालुवाटार स्रोतले जानकारी दियो । स्रोतका अनुसार एमसीसी टेबुल गर्न किन विलम्ब भएको भनेर लुले प्रधानमन्त्रीसँग सोधकाथिए ।
एमसीसी नेपाली जनताकै हितका लागि भएको र यसबाट बढी लाभान्वित पनि नेपाली जनता नै हुने उनले दोहोर्याएको स्रोतले बतायो ।
जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुसँग छिट्टै सहमति गरेर संसदमा टेबुल गर्ने बताएका थिए।
यस्तै आजै एमालेका अध्यक्ष ओलीसँग पनि लुले टेलिफलोन वार्ता गरेका थिए । लु र ओलीबीच नेपाल र अमेरिकाको ऐतिहासिक सम्बन्धबारे चर्चा भएको एक नेताले बताए । ओलीसँग पनि लुले यदि एमसीसी पास नभए नेपाल र अमेरिकाको ऐतिहासिक सम्बन्धमा प्रभाव पार्नसक्ने बताएका थिए ।
त्यस्तै उनले माओवादीका अध्यक्ष प्रचण्डसँग पनि टेलिफोन वार्ता गरेका थिए । लुले माओवादी अध्यक्ष प्रचण्डलाई फेब्रअरी २८ भित्र एमसीसी पास गर्ने पत्रमा हस्ताक्षर गरेको स्मरण गराउँदै अनुमोदन गर्न आग्रह गरेको एक नेताले बताए । एमसीसी पारित नभए नेपाल सँगको सम्बन्ध मा सक्षिक्षा गर्न पर्ने अवस्था आउने भन्दै पास गर्न आग्रह गर्दै टेबल हुन नसक्नुको कारणबारे जिज्ञासा राखेको स्रोतले बताएको छ ।
यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले पनि एमसीसी पास गर्न नेपाललाई यो अन्तिम मौका रहेको बताएकी थिइन्। उनले नेपाली नेताहरुले नै फेब्रअरी २८ को समयसीमा मागेकाले त्यसको सम्मान हुने अपेक्षा गरेकी थिइन्। उनले उक्त समयसीमामा पनि एमसीसी पास नभए उक्त परियोजना अन्य आवश्यक परेका देशलाई दिइने बताएकी थिइन्।