देउवा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता : एमसीसी, संसद र चुनाव केन्द्रीत छलफल

देउवा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता : एमसीसी, संसद र चुनाव केन्द्रीत छलफल

  • बिहिबार, माघ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एमसीसीप्रति बढ्दो विवाद, घोषित स्थानीय तहको निर्वाचन र संसदको अबरोधका बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आज पनि छलफल गरेका छन् ।
बालुवाटारमा करीब एक घण्टा तीन नेताबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए ।
प्रधानमन्त्री देउवा मिलाएर एमसीसी संसदमा टेबल गर्ने पक्षमा छन् भने प्रचण्ड एमसीसीलाई चुनाव पछि मात्रै छलफल गर्नु पर्ने पक्षमा रहेका छन् । एमसीसी पारित गर्ने अमेरीकाले अन्तिम समयसीमा दिएको छ । फागुण १६ भित्र एमसीसी पारित नभए फिर्ता लैजाने अमेरीकाले चेतावनी दिएको छ ।
यसै गरी संसदको जारी अवरोध नहटेको, चुनावमा गठबन्धन गर्ने विषयमा पनि उनीहरुबीच छलफल भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ