शेखर कोईराला पुगे प्रचण्ड निवास, भने म चुनावमा गठबन्धनको बिपक्षमा छु

शेखर कोईराला पुगे प्रचण्ड निवास, भने म चुनावमा गठबन्धनको बिपक्षमा छु

  • बिहिबार, माघ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेपाली काँग्रेस भित्र सभापतिमा पराजीत भएका नेता शेखर कोईरालाले अन्य दलका नेताहरुसँगको भेट जारी राखेका छन् । उनको प्रस्तावको काँग्रेस भित्र सुनुवाई नभईरहेका बेला कोईराला नेताहरुको घर घरमा पुगेर भेटघाटमा सक्रिय भएका हुन् ।
कोईरालाले हिजो एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । उनले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।
छलफलमा कोईरालाले संसद खोल्नु पर्ने, एमसीसी बारे जे जे भए पनि संसदबाटै निर्णय गरौँ भन्ने प्रस्ताव राखेका थिए ।
काँग्रेस भित्र गठबन्धन बिरोधी समुहको रुपमा देखिएकाले कोईरालालाई चुनावमा गठबन्धन कायम राख्न सहयोग गर्न आग्रह गरेका थिए । प्रतिगमनको खतरा अझै नटरिसकेको र लोकतन्त्र र संविधानको रक्षाका लागि तलै सम्म गठबन्धन बनाएर यो निर्वाचन सम्म जानु पर्ने प्रचण्डले काँग्रेसलाई प्रस्ताव राख्दै आएका छन् ।
काँग्रेस भित्र देउवाको अन्तिम निर्णय आईसकेको छैन भने रामचन्द्र पौडेल गठबन्धन बनाएरै चुनावमा जानु पर्ने पक्षमा छन् ।
तर कोईरालाले आफू अन्तिम सम्म पनि गठबन्धनको बिपक्षमा उभिने भन्दै बरु निर्वाचन पछि सहकार्य गर्न सकिने कुरा राखेका थिए । कोईरालासँगै काँग्रेसका अर्का नेता अमरेश कुमार सिंह पनि पुगेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ