नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज प्रचण्ड निवासमा छलफल भएको छ । दुबै नेताबीच घोषित निर्वाचनमा सके सम्म गठबन्धनलाई लैजान प्रयत्न गर्ने , यदी त्यसो हुन नसके दुई दलबीच सहकार्य गर्दै अन्य साना वाम घट्टकलाई पनि तान्ने विषयमा कुराकानी भएको स्रोतको दाबी छ ।
साना वाम पार्टीहरुमा जनमोर्चा लगायतका रहेका छन् । उनीहरुलाई पनि चुनावमा सहकार्य गरेर जाने वातावरण बनाउने गरी लागि पर्नेमा माओवादी र एकीकृत समाजवादी रहेका छन् । दुई दलले सबै मुद्धामा सहकार्य गर्दै आएका छन् ।
उनीहरुबीच एमसीसीका बिषयमा समेत छलफल भएको बताईएको छ । उच्च स्रोतका अनुसार अब निर्वाचन घोषणा भईसकेकाले एमसीसी चुनाव पछि मात्रै छलफल गर्नु पर्ने प्रचण्डले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँग राखेको प्रस्तावका बारेमा पनि दुई नेताबीच कुराकानी भएको छ ।