स्थानीय तहको निर्वाचन स्थगित गर्न लोसपाको माग

स्थानीय तहको निर्वाचन स्थगित गर्न लोसपाको माग

  • बुधबार, माघ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

निर्वाचन आयोग, राष्ट्रपति र प्रतिपक्षीको दबाबमा सरकारले आगामी बैशाख ३० मा देशभर एकै पटक स्थानीय तहको निर्वाचन तोकेर अरु तयारी शुरु गरेको छ । तर पाँच वर्षे कार्यकाल पूरा हुन बाँकी रहेको भन्दै मधेश प्रदेशका जनप्रतिनिधिहरुमा असन्तुष्टी बढेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले कार्यकाल नसकिएका स्थानीय तहको निर्वाचन रोक्न आग्रह गरेको छ ।

स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको निर्वाचन गराउन लागेकोप्रति आपत्ति जनाउँदै उसले सरकारको ध्यानाकर्षण गराएको हो ।

लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २ सय १५ को ६, २ सय १६ को ६ र २ सय २० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने भनेका छन् ।

स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो ।

बैैशाख ३१ गते भएको पहिलो चरण निर्वाचन संविधान अनुसार नै भइरहेपनि असार १४ र असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा अहिलेको निर्वाचन डेढदेखि ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु न्याय संगत नभएको लोसपाको दाबी छ । धेरै जसो जनप्रतिनिधि दोस्रो र तेस्रो चरणबाट निर्वाचित भएर आएकाले पनि अगावै हुने निर्वाचनले उनीहरुले पूर्व अवधि काम गर्न नपाउने भन्दै असन्तुष्टी जनाउन थालेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ