एमसीसीका लागि सक्रियताः ओली र अमेरीकी राजदुतबीच छलफल, शेखरको पनि ओलीसँग परामर्श

एमसीसीका लागि सक्रियताः ओली र अमेरीकी राजदुतबीच छलफल, शेखरको पनि ओलीसँग परामर्श

  • बुधबार, माघ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

संसदमा पेश गर्न दबाब परिरहेको एमसीसीका बारेमा अमेरीकाले फेरी आफ्नो चासो बढाएको छ । अमेरीकी राजदुत रेन्डी बेरीले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरी थप चासो दिएका हुन् ।
एमसीसी प्र्रति गठबन्धनभित्र एक रुपता नरहेको स्थितिमा संसदको ठूलो दल एमालेको धारणाबारे थप स्पष्ट हुन अमेरीकाले चासो दिएको हो । एमाले अध्यक्ष ओली अहिले संसद अवरोध गर्ने पक्षमै रहे पनि एमसीसी भने अगाडी बढाउनु पर्ने पक्षमा छन् । तर पार्टीले आधिकारीक धारणा ल्याएन भन्ने आलोचना बढीरहेको छ । एमाले भित्रै भीम रावल लगायतको टिम एमसीसी संसोधन विना पारित हुन नहुने पक्षमा छन् ।
यसैबीच एमाले अध्यक्ष ओली र काँग्रेस नेता शेखर कोईरालाबीच पनि छलफल भएको छ । भेटमा कोईरालाले संसद अवरोध हटाउन र एमसीसी टेबल गर्ने वातावरण बनाउन आग्रह गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ