एमसीसीका बारेमा दलहरुबीच सहमति नभए पछि संसदको भोली बस्ने भनिएको बैठक स्थगित भएको छ । अर्को बैठक फागुण २ गते बस्ने भएको छ । फागुण २ गते दिँउसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।अर्कोतिर एमालेले संसद बैठकको अवरोध हटाउने सहमति समेत गरेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline