स्थानीय तह र संघीय संसदको पहिलो शक्ति एमाले रहेको छ । अहिलेको गणित अनुसार । तर माधव नेपाल सहितको टिम एमालेबाट विद्रोह गरेर बाहिर गई नयाँ पार्टी समेत बनाईसकेको अवस्थामा एमालेको अब उही साख रहँदैन भन्ने धेरैको अनुमान छ ।
तर पूर्व माओवादीको बादल समुहलाई समेत एमालेमा हुलेकाले उसको केही आत्मविस्वास बढेको देखिन्छ । अहिलेको स्थानीय तहमा उसको २२० पालिका प्रमुख रहेका छन् ।
अहिले पहिला जीतेको स्थानलाई सुरक्षित गर्ने र नयाँ जीतको संभावना खोजी गर्ने गरी एमालेले आन्तरीक तयारी थालेको छ । यसका लागि सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण थाल्ने महासचिव शंकर पोखरेलले परिपत्र गरेका छन् । यी कार्यक्रमको अध्यक्ष ओलीले भर्चुअल विधिबाट केन्द्रीय कार्यलयबाट उद्घाटन गर्नेछन् ।
यसैबीच ,एमालेले निर्वाचनमा एक्लै लड्ने भने पनि विप्लव नेतृत्वको पार्टी एवं अन्य साना समुहहरुसँग सापेक्ष तालमेल गर्न सक्ने विषयमा गृहकार्य गरीरहेको स्रोतको दाबी छ । यस अघि राष्ट्रिय सभाको निर्वाचनमा लोसपासँग प्रदेश २ मा तालमेल गरेको थियो ।