नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएका नेता डा. प्रकाश शरण महतलाई सभापति शेर बहादुर देउवाले पार्टी प्रवक्तामा नियुक्त गरेका छन् । उनलाई सभापतिले आजै नियुक्त गरेका हुन् ।
यस अघिका प्रवक्ता विश्व प्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त थियो ।
महत लामो समयदेखि देउवालाई साथ दिँदै आएका नेता हुन् । उनी पूर्व परराष्ट्रमन्त्री समेत भईसकेका छन् । यस पटक पनि देउवालाई जिताउन उनी सक्रिय भएर लागेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline