एमसीसी तत्काल अघि बढाउनु पर्ने र त्यसका लागि आवस्यक परे गठबन्धन तै ताड्ने सम्मको मनशायमा पुगेको भनिएका प्रधानमन्त्री देउवा र प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली सँग माओवादी अध्यक्ष प्रचण्डले नयाँ प्रस्ताव राखेका छन् ।
उनले एमसीसीप्रति बढ्दो जनविरोध र दलहरु भित्र देखा परेको मतभेदको स्थितिलाई ध्यान दिँदै एमसीसी तत्कालका लागि स्थगित राख्न आग्रह गरेका हुन् ।
आज प्रधानमन्त्रीको सरकारी निवासमा भएको देउवा, प्रचण्ड र ओलीबीचको छलफलमा प्रचण्डले निर्वाचनपछि मात्रै सबै दलको सहमतिमा एमसीसी अघि बढाउन प्रस्ताव राखेका हुन् ।
यो प्रस्ताव एमसीसीलाई नै पठाउन उनले प्रस्ताव गरेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको स्पष्ट धारणा पछि मात्रै एमालेको धारणा सार्वजनिक गर्ने बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline