आँउदो निर्वाचन पनि पाँच दलीय गठबन्धननै कायम राखेर लड्न रामचन्द्र पौडेलको सुझाव

आँउदो निर्वाचन पनि पाँच दलीय गठबन्धननै कायम राखेर लड्न रामचन्द्र पौडेलको सुझाव

  • आइतवार, माघ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचन सम्मै पाँच दलीय गठबन्धन कायम राख्नु पर्ने सुझाव दिएका छन् । संविधान र व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन चट्टान जस्तै बन्नु पर्ने सुझाए ।
कास्कीको पोखरामा आज कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै पौडेलले कुनै पनि पार्टीको एकल बहुमत आउने संभावना नभएकाले गठबन्धन कायम राख्नु आवस्यक भएको बताए ।
कांग्रेससँग ३० प्रतिशत मात्रै मत भएको बताउँदै नेता पौडेलले कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत केन्द्रीत भए फेरी काँग्रेसलाई कठिनाई हुने चेतावनी पनि दिए ।

पौडेलले , ‘राष्ट्रियसभामा तीनजना थिए। अहिले गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धी हो कि होइन ? हैन काँग्रेस भित्रै गठबन्धनको बिपक्षमा रहेका नेतोहरुलाई प्रश्न गरे ।

उनले काँग्रेस बलियो हुन आन्तरीक गुटबन्दी र अन्तरघात रोक्नु पर्ने पनि बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ