दिदी बहीनीले एकै पटक लोकसेवामा नाम निकालेपछि परिवारमा खुसी

दिदी बहीनीले एकै पटक लोकसेवामा नाम निकालेपछि परिवारमा खुसी

  • आइतवार, माघ २३, २०७८
  • दिपक चौरासीया

  • 20.4K
    SHARES

वीरगञ्ज, २२ माघ । बारा जिल्लाको महागढीमाई नगरपालिका बस्ने एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकाल्न सफल भएका हुन । बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कोशिला कुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका छन ।

दुवै जनाले स्वास्थ्य सेवामै नाम निकालेका हुन । बरैकी जेठी छोरी लालमुनीले प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखरा अन्र्तगत अनमी पदमा नाम निकालेकी हुन भने, कान्छी छोरी कोशिलाले पनि सोही प्रदेशको स्वास्थ्य सेवाको अहेब पदमा नाम निकालेकी हुन ।

आफनी दुबै जना छोरीहरुले लोक सेवाको एकै पटकमा नाम निकाल्न सफल भएकोमा उनका बुवा पारसनाथ खुशीले गदगद भएका छन । उनको जेठी छोरीले तेस्रो पटकको प्रयासमा नाम निकालेकी हुन भने, कान्छी छोरीले पहिलो पटकमै लोक सेवाको परिक्षामा नाम निकाल्न सफल भएकी हुन ।

आफना दुबै छोरीहरुको कठोर मिहेनत र अध्ययनप्रतिको लगनशीलताको कारणले उनीहरुले नाम निकालेको बुवा बरैको भनाई छ । छोरीहरु पनि समाजमा छोरा भन्दा अलिकति कम नभएको बताउदै उनले छोराहरुले गर्ने काम छोरीहरुले पनि गरेर देखाउने गरेका कारण छोरीहरुलाई पनि अगाडी बढाउनुपर्ने बताउँछन ।

‘समाजमा छोरीहरु छोरा भन्दा कम छैनन् उनीहरुले पनि छोरा जस्तै काम गरेर देखाउन सक्छन, उनले भने, छोराहरु जस्तै शिक्षा र अवसर छोरीहरुलाई पनि दिनु परयो ।’छोरीहरु लोकसेवामा नाम निकालेपछि र सरकारी जागिर गरेपछि मात्रै बिहे गर्ने आफुले पहिलेदेखि नै सोच बनाएर राखेको बरैले जानकारी दिए ।

उनले आफनो छोरीहरुलाई जागिर गर्ने बनाएर आफनै खुटामा उभिन लगाएर मात्रै बिहे गर्ने सोचका साथ अघि बढाएको उनी बताउँछन । बिहेको बारेमा भने बरैको पनि अलग नै सोच छ । तराई मधेसमा रहेको दाईजो प्रथाको भने उनी बिरोधी हुन । आफनो छोरीहरुको बिहेमा एक रुपैया पनि दाईजोको रुपमा कसैलाई नदिने बरैको भनाई छ ।

‘म आफनी छोरीहरुको बिहेमा एक रुपैया पनि दाईजो दिनेवाला छैन,उनले भने दाईजो दिएर बिहेबारी गर्नु राम्रो होईन ।’ बरैले दाईजोको नाममा मानिसहरुलाई खसी बाख्रा जस्तो मुल्य लगाईने गरिएको सुनाए । आफनी छोरीहरुले लोकसेवामा नाम निकालेपछि अब आफनो एउटै चाहना रहेको ६ महिनासम्म राम्ररी काम गरेर उनीहरुले देखाओस र आफनो जिवनमा अघि बढोस भनेर चाहना रहेको बरैले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी