एमसीसी र निर्वाचनका बारेमा छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार जाने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि आज बालुवाटार जाने भएका छन् ।
अध्यक्ष ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि बालुवाटार जान लागेका हुन् ।
यस अघि प्रधानमन्त्री देउवाले ओलीलाई उनकै निजी निवास बालकोटमा गएर भेट गरेका थिए ।
यो छलफल एमसीसी र स्थानीय तहको निर्वाचनका बारेमा केन्द्रीत हुने छ ।
एमसीसी अनुमोदनमा पहिला देखि नै लागि परेका अध्यक्ष ओलीले गठबन्धन भित्र देखिएको खटपटका बीच प्रधानमन्त्रीलाई भेट्नुलाई महत्वका साथ हेरिएको छ ।
यो छलफलमा प्रचण्ड समेत सहभागी हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline