भोली चुनावको मिति घोषणा हुन्छः मन्त्री कार्की

भोली चुनावको मिति घोषणा हुन्छः मन्त्री कार्की

  • आइतवार, माघ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

माघ २३, काठमाडौँ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलीको मन्त्रिपिरषद् बैठकले स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताएका छन् ।

निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले भोली बस्ने मन्त्रीपरिषद्को बैठकबाट मिति घोषण हुने बताएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले जेठ ४ गने चुनाव गर्न निर्णय गर्ने जानकारी दिदैँ मिति घोषणाको सम्बन्धमा कुनै किसिमको द्वविधामा नरहन उनले आग्रह समेत गरे ।

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिए । आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आलटाल गर्न खोजेको भन्दै बिरोध भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ