सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्ने हो: पोखरेल

सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्ने हो: पोखरेल

  • शनिबार, माघ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

माघ २२, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको बताएका छन् ।

गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको उनको भनाई थियो ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्ने मात्रै रहेको उनले बताए ।
पोख्रेलले भने, ‘यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा एमाले उभिएको छ । त्यसैले यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विशाक्त उद्देश्यले बनेको छ।’
एमालेले संघीयताको बलियो कार्यान्वयन चाहेको तर गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि रहेको भन्दै पोख्रेलले भने, त्यही फेरि अहिले भएका सात प्रदेशले पुगेन भनेर टोकाटोक गर्ने पनि त्यही छन् । यहीबाट प्रस्ट हुन्छ कि यो गठबन्धन कुनै मूल्य मान्यतामा आधारित छैन, एमालेको विरोध गर्ने मात्रै हो ।’

नेता पोखरेलले एमालेनिकट पत्रकारहरू ‘टु इन वान’ हुनुपर्ने बताए । ‘तपाईंहरू पत्रकार हो, त्यसैले तपाईंहरुसँग पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य छ,’ उनले भने, ‘तबमात्रै तपाईंहरूले नेकपा एमालेलाई समर्थन गरेको अर्थपूर्ण हुन्छ ।’

पोख्रेलले ले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन निर्देशन समेत दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ