सगरमाथाको सबै हिँउ पग्लने वैज्ञानिकको चेतावनी, २ हजार वर्षमा जमेको हिँउ २५ वर्षमै पग्लिन शुरु

सगरमाथाको सबै हिँउ पग्लने वैज्ञानिकको चेतावनी, २ हजार वर्षमा जमेको हिँउ २५ वर्षमै पग्लिन शुरु

मुख्य कारण मानव प्रेरित जलवायु संकट

  • शुक्रबार, माघ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

विश्वको सर्र्वोच्च शिखर सगरमाथाको हिँउ पग्लिने क्रम बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् । २ हजार वर्षमा जमेको हिँउ २५ वर्षमै पग्लिन थालेको भन्दै उनीहरुले चिन्ता जनाएका छन् । यसका लागि मानव प्रेरित जलवायु संकट भएको अध्ययनले देखाएको छ । यसले जलवायु परिवर्तनको गंभीर परिणाम देखिन शुरु भएको पनि जनाएको छ ।

यसको गंभीर असरका रुपमा हिमस्खलन, पानीका स्रोतहरु सुक्ने, बाढी आउने जस्ता समस्याहरु देखिँदै गएका छन् । कतिपय हिम श्रृखलामा हाल सम्म एक सय ८० फिट बरफ पग्लिसकेको अनुसन्धानमा दाबी गरिएको छ । पृथ्वीको कुल एक अर्ब ६० करोड जनसंख्या पिउने पानी, सिचाई र उर्जाका लागि हिमश्रृखलाबाट आउने पानी प्रयोग गर्दछन् । बरफ जम्न जति समय लागेको थियो त्यसको ८० गुण तीव्र गतिमा यो पग्लिन थालेको शोधकर्ताहरुको तर्क छ ।

नेचर पोर्टफोलियो जर्नल क्लाईमेट एडं एटमसफेयरिक साईन्समा यो रिपोर्ट प्रकाशित छ । युनिभर्सिटी अफ मेनका ६ वैज्ञानिकहरु र पर्वतारोही समेतको टिमले २०१९ मा ग्लेसियरहरुको भ्रमण गरी १० मिटर लामो बरफका टुक्राहरु एकत्रित पारेर अनुसन्धान गरेका थिए । यस विश्व विद्यालयका जलवायु परिवर्तन संस्थानका निर्देशक पोल मेवेस्कीले १९९० को दशकको आखिरी समयबाट यो परिघटना विकसित भएको देखिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी