भ्रष्टाचार लुकाउन जनप्रतिनिधिमाथि नै अभद्र ब्यवहार, सिसिटिभी फुटेज गायब

भ्रष्टाचार लुकाउन जनप्रतिनिधिमाथि नै अभद्र ब्यवहार, सिसिटिभी फुटेज गायब

  • शुक्रबार, माघ २१, २०७८
  • दिपक चौरासीया

  • 6.8K
    SHARES

पर्सा २१ माघ । पर्साको धोबिनी गाउँपालिकाका सम्बन्धमा चर्चामा रहेका विषयहरुका बारेमा पालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले गम्भीर खुलासा गरेका छन् ।
‘राजनीतिक दुराग्रहले प्रेरित भइ गाउँपालिकाको काम कारवाही पछिल्लो समयमा अनिर्णयको बन्दी बनाएर पालिकावासीको बिकास तथा सेवा प्राप्तिको अधिकारलाई हनन गर्ने काम भइरहेको विदितै छ,’ शुक्रवार उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘धोबिनी गाउँपालिकाको कार्यपालिका सदस्य वडा नम्बर एक घर भएकी श्रीमति शान्ति देवीले पेश गरेको योजना अनुसार पाँच लाख रुपैयाको सामग्री (विद्युतीय मोटर) किसानलाई बितरण गर्नुपर्ने चालु आर्थिक वर्षको कार्यक्रममा रहेको थियो । पालिकाको नीति अनुरुप सार्वजनिक खरिद ऐनको पालना गर्दै प्रतिस्पर्धाबाट सो सामान खरिद गर्नुपर्ने जनप्रतिनिधिको आग्रहको बेवास्ता गर्दै, प्रमुख प्रसाशकीय अधिकृत राजुप्रसाद साहले कमिशनका लागि बिना प्रतिस्पर्धा वीरगन्जमैं बसेर मोटर खरिद गरेपछि जनप्रतिनिधिहरु स्वभाविक रुपमा आक्रोशित भएकै हुन ।’
प्रमुख प्रसाशकीय अधिकृत साहले आफ्नो मित पर्ने पोखरियाका राजु गिरीलाई सो खरिद आदेश दिएको खुलेको छ । यस मामिलामा जनप्रतिनिधिहरुको आक्रोश शान्त पार्न हाम्रो पहल भइरहेकै बेला प्रशासकीय अधिकृत साहले कार्यपालिका सदस्य शान्तिदेवीको राजनीतिक पतिस्पर्धीसंग सो सामग्री आफुखुसी बितरण गर्न लगाएको । र, यसले राष्ट्रसेवक कर्मचारी आफ्नो पेशागत धर्मबिपरित प्रत्यक्ष रुपमा राजनीति गरेको प्रमाणित हुन गएको गाउँपालिका प्रमुख कुर्मीको आरोप छ ।
उक्त प्रकरणमा कार्यपालिका सदस्य शान्तिदेवी गाउँपालिका कार्यालयमा माघ १२ गते जानकारी लिन जाँदा योजना शाखाको कर्मचारी पप्पु पटेलले प्रसशाकीय अधिकृत साहको आदेशमा उनलाई अभद्र ब्यवहार गरेको गाउँपालिका प्रमुख कुर्मीले बताए । उनका अनुसार भोलिपल्ट १३ गतेका दिन कार्यपालिका सदस्य शान्तिदेवी भद्रभलादमीहरु तथा आफ्ना श्रीमान धरमन राउत कुर्मीलाई समेत लिएर सो सम्बन्धमा बुझन जाँदा योजना शाखाको कर्मचारी पटेलले प्रसशाकीय अधिकृत साहको पक्षधरता गर्दै, पुनः अभद्र ब्यवहार गर्न लाग्दा शान्तिदेवीका श्रीमान ९जेष्ठ नागरिक० धरमन राउत कुर्मीले अवस्था शान्त पार्न खोज्दा उनी उपरसमेत जाइलागेका थिए ।
सबै दृष्य कार्यालयको सिसिटिभी क्यामरामा कैद भए पनि पटेलले प्रशासकीय अधिकृत साहको इशारामा त्यसको फुटेज नष्ट पार्ने कामसमेत गरेको र भिडियो फुटेज नष्ट पार्नुपछाडि, उल्टै आरोप लगाएर भ्रष्टाचारको विषयलाई मत्थर पार्ने ध्येय देखिन्छ भन्ने बिज्ञप्तिमा भनिएको छ । यस सन्दर्भमा भएको भ्रष्टाचारको छानवीन गर्न र जनप्रतिनिधि लगायतलाई दुब्यवहार गर्नेउपर आवश्यक कारवाही गर्न शुक्रवार धोबिनी गाउँपालिकाका जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा जाहेरी समेत दिन लागेको बताइएको छ ।

प्रमुख प्रसाशकीय अधिकृत साह नियमति गाउँपालिका कार्यालयमा नआउने गरेको, समस्त फर्जी कार्यहरु वीरगन्जमैं बसेर गर्ने गरेको र वीरगन्जको आफुनो कोठाबाट छाया कार्यालय नै संचालन गरेको जनप्रतिनिधि बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी