एमाले प्रवेश गरेका पूर्व माओवादी नेता टोप बहादुर रायमाझीले काँग्रेसले सभामुख बिरुद्ध महाअभियोग लगाएर हटाउनु पर्ने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताए । सभामुख विधिसम्मत तरीकाले नचलेकाले काँग्रेसले महाअभियोग लगाए एमालेले हटाउन सहयोग गर्ने उनको जिकिर छ ।
उनले गठबन्धनसँगै बहुमत रहेका कारण एमसीसी पास गर्न एमालेको आवस्यकता नपर्ने बताए । तर एमसीसी संसदमा पेश हुनु पर्ने उनको माग छ ।
आउने निर्वाचनमा एमालेले स्थानीय तह र केन्द्रमा पनि बहुमत ल्याउने दाबी गरे ।
एमाले गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी भएकाले जनता अहिले एमालेतिर लागेको रायमाझीले ठोकुवा गरे ।
उनले एमालेलाई चुनावमा गठबन्धनको आवस्यकता नपर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline